२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

यस्तो छ विश्वकपमा सिनेगलसँग पराजित गर्ने पोल्याण्डको आत्मघाति (भिडियो)

3719 Shares
Spread the love

काठमाडौं । फिफा विश्वकपफुटबल प्रतियोगितामा सिनेगलसँग पोल्याण्ड पराजित भएको छ। सिनेगलले मंगलबार राति बलियो टोली पोल्याण्डलाई रुसको ओट्कीट्राई मैदानमा २–१ गोलले पराजित गरेको हो।
यो जितसँगै लिभरपुलका स्टार फरवार्ड साडियो मानेको टोली सिनेगलले ३ अंक जोडेको छभने स्टार रोवर्ट लेवानडोस्कीको टोली पोल्याण्ड शुन्य अंकमै सीमित छ। पोल्याण्ड र सिनेगल सहित ग्रुप एचमा जापान र कोलम्बिया छन्।
पोल्याण्डले खेलमा अधिकाँश समय बल आफ्नो पक्षमा राखेपनि गोल गर्न नसक्दा सिनेगलसँग हार व्यहोर्न बाध्य भयो । यद्यपी पोल्याण्डकै आत्मघाती गोलबाट सिनेगलले खेलमा सुरुवाती अग्रता लिएको थियो।

खेलको ३७ औं मिनेटमा सिनेगलको साडियो मानेले गोलका लागि पास दिएका थिए। इड्रिसा गाइले गोलका लागि प्रहार गरेका थिए। सो बल रोक्न खोज्दा जापानका थियागो सियोनेकबाट आत्मघाती गोल हुन पुगेको थियो।

फेरी सिनेगलले खेलको ६० औं मिनेटमा दोस्रो गोलको अग्रता लियो। एम बाया नियाङले आकर्षक गोल गरेका थिए। खेल सकिन ६ मिनेट बाँकी रहँदा पोल्यान्डले एक गोल गरेका थिए।

प्रतिक्रिया