२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायती रानी र राजकुमार फिलिपले लगाए कोरोना विरुद्धको खोप

2765 Shares
Spread the love

लण्डन । बेलायती रानी एलिजाबेथ र राजकुमार फिलिपले कोरोना विरुद्धको खोप लगाएका छन् ।

बकिङहाम प्यालेसले बताएअनुसार रानी र ड्यूक अफ एडिनबर्गले कोरोनाभाइरस विरुद्धको खोप लगाएका हुन् ।

प्यालेसका एक प्रवक्ताका अनुसार यी दम्पतीले आज आफ्नो कोभिड-१९ ज्याबको पहिलो खुराक प्राप्त गरेका हुन् । यो सुई विन्डसर क्यासलमा शाही परिवारका डाक्टरले दिईएको बताईएको छ ।

९४ वर्षीया रानी र ९९ वर्षीय फिलिपले आफ्नो बर्कशायर आवासमा शान्त रुपमा क्रिसमस मनाएका थिए ।

बेलायतमा अहिलेसम्म दस लाखभन्दा बढी मानिसहरूले सो खोप लगाईसकेका छन् ।

प्रतिक्रिया