3208
Shares
लण्डन । बेलायतमा यांकन गरिएको ‘हेरुँ हेरुँ लाग्छ’ को भिडियो सार्वजनिक भएको छ ।
गायिका एलिना चौहानको स्वरमा रहेको सो गितको म्यूजिक भिडियो लण्डन लगायत विभिन्न रमणीय स्थलहरु देख्न पाइन्छ । भिडियोमा बेलायतकै स्थानीय कलाकारहरु नायक ध्रुब दत्त र सुभेच्छा भारती मगरको जोडदार अभिनय रहेको छ ।
शुभेच्छाको डेब्यू गीत भएता पनि उनले चुलबुले प्रेमिकाको रुपमा राम्रो अभिनय गरेकी छिन् । खिम शेरचनको निर्माण रहेको यस गीतमा गीता गिरीको शब्द रहेको छ ।
गीतमा राजु सिंहको संगीत रहेको छ भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । यसैगरी भिडियोको निर्देशन तथा सम्पादन बेलायत निवासी संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।