2049
Shares
कोरोनाभाइरसको नयाँ प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ।फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ।
उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। उनमा लक्षण देखिएको थिएन। फ्रान्सले बुधवार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो।
यसअघि यूकेमा देखिएको भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो।नयाँ प्रकारको भाइरसको सङ्क्रमण रोक्न यूकेमा अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन्।अहिले काेराेनाकाका कारण ७० हजार मानिसको ज्यान गइसकेको छ।