२०८३, १८ असार बिहीबार
×

ट्रेन्डिङ

नयाँ प्रकृतिको कोरोना विश्वभर फैलने चिन्ता

8027 Shares
Spread the love

बेलायतमा नयाँ प्रकृतिको कोरोना भाइरस भेटिएपछि विश्वभर चिन्ता बढेको छ। ४० भन्दा धेरै देशहरूले बेलायतमा यात्रा प्रतिबन्ध घोषणा गरेका छन्।

बेलायतसँग नजिक रहेको युरेपेली संघ अन्तर्गतका मुलुकहरूले एक साझा नीति बनाउन छलफल थालेका छन्।

डेनमार्कमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। स्वीडेनले डेनमार्कमा हुने यात्रामा प्रतिबन्ध लगाइदिएको छ।

प्रकृति बदलेको भाइरसको नयाँ स्ट्रेन निकै संक्रामक रहेको बताइएको छ। तर यो पहिलेभन्दा निकै घातक छ भन्ने पुष्टि भइसकेको छैन।

एकातर्फ बेलायतसँग यात्रा प्रतिबन्ध लगाउने मुलुकको संख्या बढिरहेको छ भने अर्कातर्फ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यससँग जोडिएको खतराबारे महत्वपूर्ण जानकारी दिएको छ।

संस्थाका इमर्जेन्सी चिफ माइक रायनले महामारी फैलँदै गर्दा नयाँ प्रकृतिको भाइरस फैलनु स्वाभाविक भएको बताएका छन्। यो नियन्त्रणभन्दा बाहिर नभएको उनको दावी छ। तर बेलायती स्वास्थ्य सचिव म्याट हेनककले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण गर्न नसकिने खालको रहेको बताएका थिए।

यतिखेर धेरै देशहरूले दक्षिण अफ्रिकाबाट आउने मानिसहरूमाथि पनि यात्रा प्रतिबन्ध लगाएका छन्। त्यहाँ पनि भाइरसको नयाँ प्रजाति भेटिएको थियो। अफ्रिकामा भेटिएको यो भाइरस बेलायतमा भेटिएकोभन्दा फरक छ।

केही विशेषज्ञहरूले नयाँ प्रकृतिको कोरोना भाइरस भेटिनुको अर्थ ती देशमा फैलिसकेको भनी बुझ्नुपर्ने बताएका छन्।

बेल्जियमस्थित रेगा इन्स्टिच्युट फर मेडिकल रिसर्चका एक महामारीविज्ञ मार्क वान रानस्थले भनेका छन्, ‘आगामी दिनमा नयाँ प्रकृतिको कोरोना भाइरस विश्वका धेरै देशमा देखिनेछ।’

प्रतिक्रिया