अस्थायी रूपमा संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर मात्र रहेको चौदण्डीगढीमा १४ कोठे भवनमा ४० शैया रहने र ८ बेडको भेन्टिलेटर सहितको कोरोना अस्पताल निर्माणका लागि ३ करोड १२ लाख रुपैयाँ लागतमा तयार भएको हो।
अस्पताल निर्माणका लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५/१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०÷१० लाखका दरले ४० लाख लगानी गरेका थिए। त्यसैगरी स्विस सरकारको डेढ करोड रुपैयाँ सहयोग रहेको थियो।
कार्यक्रममा प्रदेश सासंद अम्बिका थापा, सुनिता चौधरी, कला घले, त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिकाका मेयर उपमेयर र ताप्ली गाउँपालिकाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो।

