२०८३, २३ कार्तिक आईतवार
×

एड्भेन्चर स्टार गौतम खातीद्वारा संसारकै दोश्रो अग्लो बन्जीबाट जम्प

4497 Shares

काठमाडौँ । एड्भेन्चर स्टारको उपाधी पाएका गौतम खातीले संसारकै दोश्रो अग्लो बन्जीबाट जम्प गरेका छन् ।

नेपालको पर्वत जिल्लामा पर्ने संसारकै दोश्रो अग्लो ठांउमा रहेको बन्जीबाट खातीले जम्प गरेका हुन् ।

दि क्लिफ रिसोर्ट बाग्लुङको मातहतमा रहेको यो पुलको लम्बाई ५२० मि र गहिराई २२८ मि रहेको छ । पर्वत र बाग्लुङ मध्य बिन्दुमा पर्ने यो पुल मुनी काली गण्डकी नदी बग्ने गरेको छ ।

गौतम खातीले यस अघि १६५ मि गहिराई भएको सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदिमा रहेको पुलबाट बन्जी जम्प गरिसकेका छन् ।

नेपालको नाम संसारमा चिनाउनको लागि एस्ता जोखिमपूर्ण काम गर्दा डर भन्दा पनि गौरव लागेको कुरा बताउछन् खाती । आगमी दिनमा पनि उनले यस्तै कामहरु निरन्तर गरीराख्ने बताए ।

प्रतिक्रिया