२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायती महारानीले सार्वजनिक रुपमा कोरोनाविरूद्धको खोप लगाउने

1746 Shares
Spread the love

लण्डन । बेलायती महारानी एलिजाबेथ द्धितियलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

केही हप्ता भित्रै महारानी एलिजाबेथ द्धितियलाई खोप लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै खोप लगाउने तयारी भएको जनाईएको छ ।

महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । खोप अभियान सुरु भएपछि लाइनमा बसेर नै खोप लिने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ ।

बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

प्रतिक्रिया