२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

महामारी चाँडै अन्त्य हुन्छ : डब्लुएचओ

1233 Shares
Spread the love

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधनोम ग्रेबेसियस ले अव कोरोना भाइरस महामारी अन्त्य हुने सपना देख्न सकिने बताएका छन्।

महामारीमा संयुक्त राष्ट्र महासभाको पहिलेलो उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै ग्रेबेसियसले कोरोना भ्याक्सिनको सफल परिक्षणका सकारात्मक परिणामाको अर्थ अब एकदिन महामारी खत्तम हुने बताएका हुन्। शक्तिशाली र धनी राष्ट्रले मात्रै खोप बनाइरहेकोप्रति चिन्ता ब्यक्त गर्दै उनले गरिब देशलाई मजाक बनाउन सक्ने भन्दै सचेत रहन चेतावनी दिएका छन्। बाटोमा धोका पनि हुनसक्नेतर्फ सचेत रहनु पर्नेमा उनको जोड छ।

महामारीले राम्रा र नराम्रा सबैखाले मान्छेलाई मानवीयताको केही हदसम्म बाटो देखाएको बताउँदै ग्रेबेसियसले एक दिन महामारी अन्त्य भएर गरिबी, भोक, असमानता र जलवायु परिवर्तनको समस्या समाधानतिर केन्द्रत हुने बताए।

ग्रेबेसियसले भ्याक्सिन विश्वको सार्वजनिक वस्तु जस्तै सबै मानिसलाई समान रुपमा बाँडिने बताए। बस्तुको रुपमा सिमित पहँच भएका मान्छेलाई मात्रै नभएर भ्याक्सिन एक समान तरिकाबाट कोही पनि बञ्चित नहुने गरि वितरण गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया