२०८३, २३ कार्तिक आईतवार
×

बेलायतमा छायांकन गरीएको “तिमि र म” बोलेको म्यूजिक भिडियो सार्वजनिक

4237 Shares

लण्डन । बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत रहेको “तिमी र म” बाेलकाे म्यूजिक भिडियाे सार्वजनिक भएको छ ।

सो म्यूजिक भिडियाे डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट मार्फत सार्वजनिक गिएको हो ।

बेलायतका विभिन्न ठाउँमा छायांकन गरीएको सो म्यूजिक भिडियाेमा नायक ध्रुव दत्त र मोडेल रिया लिम्बुले अभिनय गरेका छन् भने भिडियोको निर्देशन प्रभू गुरुङले गरेका छन् ।

उक्त म्यूजिक भिडियोको क्यामरामा सुमन श्रेष्ठ, ईडिटर सुसिल गुरुङ, मेकप आर्टिस्ट श्रीमती पुष्पा गुरुङ साथै कलर ग्रेडिङमा नबिन निरौलाले गरेका छन् ।

प्रतिक्रिया