6999
Shares
काठमाडौ । लोकप्रिय गायिका समिक्षा अधिकारी र दिपक बसन्त कार्कीको आवाज रहेको नयाँ गीत हिरो हिरोनी भर्खर मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको एकै रातमा गीतले राम्रो प्रतिक्रिया सहित करिव एक लाख दर्शक समेत बनाएको छ । गीतलाई दिपक आफैले लय तथा शब्द सिर्जना गरेका छन भने काजीश श्रेष्ठले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन ।
पल शाह र दीपिका प्रसाइको अभिनय रहेको सो गीतलाई दीपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ । गीत सार्वजनिक भए पछि कुरा गर्दै गायक तथा सर्जक दिपक बसन्त कार्कीले गीतले छोटो समयमै राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।