२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

आगामी क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा

1696 Shares
Spread the love

लण्डन । बेलायतले आगामी क्रिसमसभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ। सोमबार कोरोना भाइरसविरुद्ध प्राप्त यो दोस्रो खुशीको खबर हो। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा आगामी क्रिसमसभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने बताएका हुन्।

बीबीसीसँगको कुराकानीमा उनले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बजारमा ल्याउन घोषणा गरेका हुन्। यसअघि सोमबार नै अमेरिकी कम्पनी मड्रेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी रहेको खबर आएको थियो। मड्रेनाले विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल देखिएको जनाउँदै सोमबारको दिनलाई एक महान दिन भनेको थियो।

यसअघि फाइजरलेपनि आफूले विकास गरेको खोप ९० प्रतिशत सुरक्षित रहेको बताएको थियो।

मड्रेना र फाइरजले अत्याधुनिक प्रविधिको प्रयोग गरेर खोप विकास गरेको जनाएका छन्। तर, फाइजरभन्दा मड्रेनाको खोप सफल हुने जानकारहरुले बताएका छन्। फाइजरको खोप भण्डारण गर्न अल्र्टा फ्रिजको आवश्यकता पर्छ भने मडे्रनाको खोपलाई त्यस्तो फ्रिजको आवश्यकता नपर्ने जनाइएको छ।

प्रतिक्रिया