लण्डन । नेपालको माया तथा पूर्वेली कला र संस्कृति झल्काउने नेपाली गीत पूर्वे शहर बेलायतबाट सार्वजनिक भएको छ ।
आलोक चामलिंग राईको नयाँ गीतमा लोकप्रिय गायक राजेश पायल राई र नीलम रोजु राईले स्वर भरेका छन् ।
नीलम रोजु राईले संगीत भरेको सो गीतको भिडियो शब्द अलोक चाम्लिङ राई, संगीत नीलम रोजु राईको रहेको छ भने म्युजिकको अरेन्ज प्रदिप श्रेष्ठले गरेका हुन् ।
बेलायतको विभिन्न स्थानमा छायाकंन गरिएको गीतको भिडियो एसकेआर पिक्चर्सबाट बजारमा सार्वजनिक गरिएको छ । उक्त भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि दर्जनौ म्यूजिक भिडियो बनाइसकेका फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित सुमन श्रेष्ठले गरेका छन् भने निर्देशक सान्ता कुमार राईले गरेका छन् ।

भिडियो स्तरिय बनाउन कुनै कसर नछोडेको छायाङ्कनकार श्रेष्ठले बताए । भिडियोमा रंग संयोजन नविन निरौलाले गरेका छन् ।
लामो समय देखी परदेशमा रहेर स्वदेश फिर्ता हुन नपाएको क्षण सम्झदै पूर्वी धरान रेलैमा घुम्ने कुरा उक्त गीतमा गरिएको छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय रहेको छ ।
त्यस्तै कोरियोग्राफर सरु गुरुङ्ग रानाले र कस्टम चयन दिपक थापा मैथाने मगर गरेका छन् ।
भिडियो :