46895
Shares
लण्डन – बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको नयाँ गीत बजारमा आएको छ ।
सुवेदीको शब्द रचना रहेको ‘अधर’ बोलको गीतमा रामकृष्ण ढकालको स्वर तथा शिखर सन्तोषको संगीत सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा बिष्णु खारेलको साथमा रोश्ना कार्कीले अभिनय गरेकी छिन् ।
म्यूजिक भिडियोमा कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवं म्युजीक भिडियो गरी दुई दर्जन भिडियो निर्माण गरिसकेका छन् ।
भिडियोमा बेलायतका प्रमुख स्थानका दृश्यहरु कैद छन् ।