1784
Shares
काठमाडौं। नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार संग वार्ता गर्न अस्वीकार गरेको छ । नेकपाले न्यूनतम वातावरण समेत नबनेको भन्दै वार्ता प्रस्ताव अस्वीकार गरेको हो ।
नेकपाका स्थायी कमिटीका सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले वार्ता गर्न न्यूनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै सरकारी वार्ता टोलीसँग वार्तामा बस्न नसकिने बताएका हुन् ।
नेकपा नेता सुदर्शनले सरकारले साँच्चै वार्ता गर्ने भए पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका झुट्ठा मुद्दा खारेज गरिनुपर्ने, बन्दी रहेका नेता तथा कार्यकर्ता रिहा हुनुपर्ने, धरपकड र गिरफ्तारीप्रति सार्वजनिक रूपमै माफी माग्नुपर्ने लगायत तीन पूर्व शर्त अघि सारेका छन्।