२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

एकैदिन थपिए ५ हजार बढी कोरोना संक्रमित

902 Shares
Spread the love

काठमाडौं । शनिबार देशभर ५ हजार ८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ५ हजार ८ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ।

हालसम्म ७४ हजार २५२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार २२९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार एक सय , ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ। गत २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ६८६ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया