२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालमा पछिल्लो २४ घन्टामा १,५५१ जनामा कोरोना भाइरसको संक्रमण

873 Shares
Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमण निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५१ जनासहित देशभर संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६७ हजार ५ सय ४२ जना निको भएर घर फर्किएका छन् भने ५ सय ६३ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

प्रतिक्रिया