२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

एकैदिन थपिए २२५३ जना कोरोना संक्रमित

1092 Shares
Spread the love

काठमाडौं । आइतबार देशभर २ हजार २५३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार २५३ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ। योसँगै कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई उछिनेको छ। हालसम्म चीनमा संक्रमितको जम्मा संख्या ८५ हजार ४ सय ५० रहेको छ।

हालसम्म ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ५९९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ३७३ , ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ। गत २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २०३ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया