२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

1589 Shares
Spread the love

नयाँ दिल्ली। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। अमेरिका र ब्राजीलपछि कोरोनाबाट धेरै मृत्यु हुनेमा भारत तेस्रो नम्बरमा आएको छ।

भारतका कोरोनाबाट पहिलो मृत्यु भएको २०४ दिनपछि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो। ब्राजीलमा यो संख्या १५८ दिनमा पुगेको थियो भने अमेरिकामा ८३ दिनमा एक लाखको ज्यान गएको थियो।

भारतका कोरोना भाइरसको पहिलो केश ३० जनवरीमा केरलमा देखिएको थियो। चीनको वुहानबाट फर्किएका एक छात्रमा कोरोना भाइरसको लक्षण देखिएको थियो। भारतको कोराना भाइरसबाट पहिलो पटक १२ मार्चमा कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्युबाट सुरु भएको थियो।

ती व्यक्ति साउदी अरबबाट फर्किएका थिए। भारतको कोरोनाबाट पहिलो मृत्यु हुँदा संक्रमितको संख्या ७५ थियो। अहिले भारतमा मृतकको संख्या एक लाख नाघेको छ। अहिले भारतमा कोरोनाबाट मृत्यु हुनेको औषत मृत्युदर २ प्रतिशत छ।

भारतको कोरोनाबाट पहिलो मृत्यु १२ मार्चमा भएको थियो। त्यसको ४८ दिनपछि मृतकको संख्या हजार नाघेको थियो।

 

प्रतिक्रिया