२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

2209 Shares
Spread the love

सिंहदरबारमा सोमबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्र। तस्बिर : रोशन सापकोटा, रासस


काठमाडौं। संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ। सोमबार बसेको समितिको बैठकले कामु प्रधानन्यायाधीश मिश्रको नाम अनुमोदन गरेको हो।

समितिले सोमबार नै मिश्रको सुनुवाई गरेको थियो। समितिमा मिश्रले भावी योजना प्रस्तुत गर्नुकासाथै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए। आइतबार समितिले मिश्रमाथि परेको उजुरी उपर उजुरीकर्तासँग छलफल गरेको थियो।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम समितिले अस्वीकार गरेको थियो।  जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो। सर्वोच्च अदालत विगत पाँच महिनादेखि नेतृत्वविहीन छ।

लामो समयदेखि कामुको भरका चलेको सर्वोच्च अदालतले अब भने प्रधानन्यायाधीश पाउने बाटो खुलेको छ। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया