२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

काँग्रेस महामन्त्री डा. कोइराला कोरोना पोजिटिभ

3153 Shares
Spread the love

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस संक्रमित भएका छन्। ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि दिएको रिपोर्ट पोजिटिभ आएको डा. कोइरालका सहयोग भरत तिवारीले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार मंगलबार साढे चार बजे उनको पीसीआर रिपोर्ट आएको हो। सोमबार हल्का ज्वरो आएपछि कोइरालाको कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो। हाल उनको स्वास्थ्य सामान्य रहेको तिवारीले जनाए। उनका अनुसार कोइराला हाल होम आइसोलेशनमा बसेका छन्।

कोइराला संक्रमित भएपछि परिवारका अन्य सदस्यको पनि परीक्षणका लागि स्वाब दिइएको छ। तर, उनीहरुको रिपोर्ट भने आइनसकेको तिवारीले जनाए।

प्रतिक्रिया