– सर्बाेच्च अदालतकाे अादेशबमाेजिम रिहा भएकी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीकी पोलिटव्युरो सदस्य उमा भुजेललाई प्रहरीले सर्बाेच्च अदालत परिसरबाट पुनः पक्राउ गरेकाे छ। गत भदौ १२ गते प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको थियो।
गत बैशाखमा काभ्रेको नमोबुद्धको एक पसलमा आगजनी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो। काभ्रे प्रहरीको अनुरोधमा उनलाई महानगरीय प्रहरी बृत बालाजुले पक्राउ गरेको थियो।
भुजेललाई काभ्रे अदालतले थुनामा राख्न म्यादथप गरेकामा उनले बिना कारण थुनामा राखिएको भन्दै सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन्। रिटमाथि सुनुवाइ गर्दै सर्बोच्चका न्यायाधीश द्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले सर्बोच्चका मुख्य रजिष्ट्रारको रोहबरमा रिहा गर्न आदेश दिएको थियाे। पूर्व सभाषदसमेत रहेकी भुजेत तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड कमिसार थिइन्।