२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नयाँ दिल्लीमा दाहाल र डोभालबीच डिनर मिटिङ

2178 Shares
Spread the love

काडमाडौं – भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहार र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेट भएको छ। दाहाल सचिवालयका अनुसार बिहीबार साँझ उनीहरुबीच भेट भएको हो। भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल छलफल भएको जनाइएको छ।

बिहीबार दिल्ली पुगेका दाहाल र डोभालबीच साँड झण्डै तीन घण्टा लामो डिनर मिटिङ भएको थियो।

प्रतिक्रिया