२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

1179 Shares
Spread the love

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

‘हाम्रो संविधानले पासपोर्ट बनाएपछि निर्वाध रुपमा विदेश जान पाउने अधिकार ग्यारेन्टी गरेको छ, तर एक युवा (लेलिन विष्ट)लाई सरकारबाट अनुमति नलिएको भनेर एयरपोर्टमा रोकियो’, खल्तीबाट पासपोर्ट निकालेर देखाउँदै सिंहले भने, ‘यो संविधानको ठाडो उल्लंघन हो। यो सरकारले राजीनामा गर्नुपर्छ। प्रधानमन्त्रीले राजीनामा माग्छु।’

उनले संविधानभन्दा माथि कोही नभएको भन्दै संविधान उल्लंघन गर्नेलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे। सरकार दिनदिनै समृद्धिको सपना बाँडिरहेको भन्दै न सुशासन छ न समृद्धि छ भन्दै आलोचना गरे।

बर्दियामा मन्त्रीलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको भन्दै उनले स्वतन्त्र न्यायिक छानविनको माग गरे।

राजपाका लक्ष्मणलाल कर्णले पनि संसदीय छानविन समितिको माग गरे। यो घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने उनको माग छ।

प्रतिक्रिया