२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

चौथोपटक पक्राउ परेपछि विप्लवका प्रवक्ताले भने, ‘ओली-प्रचण्डलाई अब छोड्दैनौँ’ (भिडियो)

1870 Shares
Spread the love

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै पुनः चौथो पटक गिरफ्तार गरेको छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सोमबार भएको बहसपछि सर्वोच्चले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएलगत्तै नुवाकोटबाट रिहा गरेको थियो ।

नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा आगजनीको अभियोगमा बन्दी बनाएर राखिएका प्रवत्ता प्रकाण्डलाई अधिवक्ता नारायण अधिकारीको रोहबरमा रिहा गरिएको थियो ।

सर्वोच्चले रिहा गरेपछि पुन चौथो पटक गिरफ्तारी पर्दै गर्दा प्रवक्ता प्रकाण्डले ओली सरकारले राजनीतिक प्रतिसोधका आधारमा आफुहरूलार्इ पटक पटक गिरफ्तार गरेको बताए ।

यो सरकारले आफुहरूलार्इ गिरफ्तार गर्नुको कुनै कारण नभएको भन्दै प्रकाण्डले उनीहरूलार्इ इतिहासले एकदिन दण्डित गर्ने र केपी र प्रचण्डहरूलार्इ पनि जनताको अदालतमा हाजिर हुने दिन आउने बताए  । प्रकाण्डलार्इ बिदुरबाट भोजपुर लगिएको छ ।

प्रवक्ता प्रकाण्ड नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा रिहा भएपछि अदालत प्रांगणमा पत्रकारहरुसँग आफ्नो धारणा यसरी राखे । हेनुहोस् भिडियो ।

प्रतिक्रिया