२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बिमस्टेक सैन्य अभ्यास किन ?

1212 Shares
Spread the love

काठमाडौ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलन लगतै भारतको गोवामा हुन लागेको  बिमस्टेक स्तरीय सैन्य अभ्यास र त्यसमा नेपालको सहभागिता प्रति सांसद हरुले आशंका गरेका छन् ।
बिमस्टेक सम्मेलनबारे जानकारी दिन प्रतिनिधि सभाको आज(मंगलबार)को बैठकमा उपस्थित प्रधानमन्त्री केपी ओलीलाई बिमस्टेक सैन्य अभ्यास र यसमा नेपालको सहभागिताले कुटनीतिक सन्तुलन बिग्रनसक्ने भन्दै  प्रश्न गरेका हुन्।

सांसद दिव्यमणि राजभण्डारीले सदनलाई जानकारी नगराई सैन्य अभ्यासमा सहभागी भएको भन्दै विरोध जनाए। कांग्रस सांसद मिनेन्द्र रिजाल, सञ्जय गौतमले सैन्य अभ्यासको औचित्यमाथि  प्रश्न उठाए।

अर्का सांसद अमेरश कुमारसिंहले सैन्य अभ्यासमार्फत देशलाई सैनिकीकरणतर्फ लग्न खोजिएको आरोप लगाए। ‘बिमस्टेकका विभिन्न सदस्य राष्ट्रमा पनि सैनिकीकरणका घटना भइरहेका छन्,’ उनले  प्रश्न गरे, ‘कतै सैन्य अभ्यासमार्फत देश सैनिकीकरणतर्फ लग्न खोजिएको त होइन? प्रजातन्त्र खतरामा पार्ने राजनीतिक दाउ त होइन?’

सासंद हरुको  प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा नेपालको कुटनीतिक आदर्श अन्तरगत रहेर सहभागिता जनाइने र त्यो विगत देखि कै निरन्तरता भएको स्पस्ट पारे। ओलीले भने, ‘सैन्य अभ्यास बिभिन्न देशसँग हुँदै आएका छन्। हाम्रो मिलेट्री कलेजमा विेदेशीले पनि स्नातकस्तरको अध्ययन गर्छन हाम्रा सेना पनि अनुभव लिन, अध्ययन गर्न विदेश जान्छन् यो सामान्य प्रकृया हो।

भारत चीन, पाकिस्तान, अमेरिकालगायतका देससँग सैन्य अभ्यास हुने गरेको भन्दै  प्रश्नकर्ता प्रति लक्षित गर्दै अाेलीले भने, ‘विगतमा मन्त्री भइसकेको मान्छेले पनि यस्ता प्रस्न गर्दा पो मलाई छक्क लाग्छ।’

भारतको गोवामा यही भदौ २५देखि ३१गतेसम्म बिमस्टेक स्तरीय संयुक्त सैन्य अभ्यास हुन लागेको छ।

प्रतिक्रिया