२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

चन्द समूहका प्रवक्ता विश्वकर्मालाई भोजपुर लगियो

2409 Shares
Spread the love

विराटनगर-  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गवहादुर विश्वकर्मा  ‘प्रकाण्ड’लाई भोजपुर लगिएको छ। मङ्गलबार काठमाडौंबाट श्री एयरलाइन्सको विमानमा  विराटनगर  विमानस्थल हुँदै भोजपुर  लगिएको हो।

सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई काठमाण्डौंबाट पक्राउ गरी विराटनगर हुँदै भोजपुर लगिएको स्रोतले जनाएको छ। चुनावका वेला  भोजपुरमा वम पड्काएको आरोप उनलाई छ। प्रदेश १ का मुख्यमन्त्री शेरधनराईलाई लक्षित गरी चुनावका बेला उनको गाडिमा बम पड्काएको आरोपमा पक्राउ गरी  कानुनी कारबाहीको लागि भोजपुर लगिएको प्रहरी  स्रोतले जनाएको छ। प्रकण्डलाई जिल्ला अदालत भोजपुरमा हाँजीर गराउन लगिएको छ।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले विराटनगर एयरपार्टमा ल्याएको भन्ने आफूलाई जानकारी भए पनि कता लगिएको भन्ने थाहा नभएको बताए। ‘विराटनगर हुँदै कतै लगिएको होला’ उनले भने‘कहाँ लगिएको भन्ने मलाई जानकारी छैन।’ यस अघि  पनि  विभिन्न आरोपमा पक्राउ पर्दैआएका  प्रकाण्डलाई  सर्वोच्च अदालतले छाड्ने आदेश दिएको थियो। सर्वोच्चको आदेशले छुटे पनि प्रहरीले पुःन नयाँ आरोप लगाएर  पक्राउ गर्दै आएको छ।

जिल्ला अदालत भोजपुरमा प्रकाण्डका विरुद्ध तीन वटा मुद्दा दायर भएको छ। जसमा २ वटा विस्पोटक पदार्थ सम्बन्धि र १ वटा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता रहेको छ। उनी फरार प्रतिवादीको रुपमा रहेको जिल्ला अदालतको अभिलेखमा रहेको सूचना अधिकारी मणिराम पोखरेलले बताए। प्रकाण्डलाई प्रक्राउका लागि जिल्ला अदालत भोजपुरबाट वारेन्ट जारि भएको थियो।

प्रतिक्रिया