दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढि कुरा गर्न थालेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले सामान्य सामान्य विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका बताए ।
वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखिएको छ । नेपाललाई अहिले सामान्य सामान्य विकास चाहिएको छ । तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका छन् ।’
वरिष्ठ नेता पौडेलले बर्तमान सरकारले ठुला आयोजना र काम सुरु भएका आयोजनाहरुलाई अलपत्र पारेर नालायकीपन देखाएको बताए । पौडेलले भने, ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपिआर भएको थियो ।
तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो । त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके । व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र परेको छ ।’
उनले भने, ‘नेपालको आर्थिक समृद्धिका आधारहरु भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तीको विकास हो ।
प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखिएको छ । नेपाललाई अहिले सामान्य सामान्य विकास चाहिएको छ । तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका छन् । ठुला आयोजना काम सुरु भएका आयोजनाहरुलाई अहिलेको सरकार अलपत्र पार्न लागेको छ । यो सरकारको नालायकीपन हो ।’