1546
Shares
काठमाडौं–सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालत परिसरबाट नै प्रहरीले फेरि गिरफ्तार गरेको छ ।
बेलकोगडी नपा–९ मा गत साउन ७ गते राति दुईवटा स्काभेटर जलाएको आरोपमा पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएका विश्वकर्मालाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज रिहा गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियाे ।