२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लवका दुई पोलिट्ब्युरो सदस्य सर्वोच्चबाटै समातिए

1496 Shares
Spread the love

काठमाडौँ : बन्दी प्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिएका नेत्रविक्रम चन्द विप्लवका दुई पोलिटब्यूरो सदस्यलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरिएपछि दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रकाण्डसहितका नेतालाई सोमबार रिहा गर्न आदेश दिएको थियो ।

तर सर्वोच्चको आदेश पुगेर हिरासतबाट रिहा भएलगत्तै पोलिटब्यूरो सदस्यहरु मोहन कार्की र कृष्ण धमलालाई सर्वोच्चबाट पक्राउ गरेर नुवाकोट लगेको छ।

उनीहरु दुवैलाई सोमबार सर्वोच्चका न्यायाधीशहरु डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले रिहा गर्न आदेश दिएलगत्तै सर्वोच्चबाटै समातेर नुवाकोट लगेको हो ।

प्रतिक्रिया