3111
Shares

वरिष्ठ न्यूसोेसर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम इच्छा थियो, मृत्युपछि दौरा सुरुवाल, ढाकाटोपी र कोट लगाएर आर्यघाट जाने । उहाँका आफन्तले मंगलबार न्यूरो अस्पताल बाँसबारीमा श्रद्धाञ्जलीका लागि राख्दा त्यसै गरे ।
डा देवकोटाको शशीरमा नेपाली ढाका टोपी र कोट लगाइएको छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।
दिउँसो शवयात्रा गरी पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा डा देवकोटाको अन्तिम संस्कार गरियो ।
डा. देवकोटाको काजकिरिया उहाँकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।