2126
Shares
लण्डन । बेलायतकी चर्चित गायिका डेम भेरा लिनको निधन भएको छ । उनको १०३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ । उनको ‘वि विल मिट अगेन’ बोलको गीत निकै लोकप्रिय मानिन्छ । यस गीतबाट उनी दोस्रो विश्व युद्धको समयमा चर्चित बनेकी थिइन् ।
सन् १९१७ मा इस्ट ह्याममा जन्मिएकी उनको १ सय ३ बर्षको उमेरमा निधन भएको हो । उनको गीतले विश्वयुद्धको समयमा इजिप्ट, इन्डिया, म्यानमार र बेलायती सेनालाई मनोरञ्जन दिलाएको थियो ।