२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेकपाका प्रवक्ता ‘प्रकाण्ड’लाई पुन: तीन दिन हिरासतमा राख्न म्याद थपियो

2956 Shares
Spread the love

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो।

अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद थप गरेको थियो। प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन÷तीन दिन मात्र म्याद थप गर्दै आएको छ।

गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९ नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारको दुई थान स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई मुद्दा चलाइएको छ।

उक्त स्काभेटर जलाएको आरोपमा नेत्रविक्रम चन्द्र विप्लव, प्रवक्ता विश्वकर्मासहित १५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

प्रतिक्रिया