२०८३, २३ कार्तिक आईतवार
×

“मेरो देश…” सार्वजनिक (भिडियोसहित)

2013 Shares

काठमाडौं / गायक शिव परियारको नयाँ गीत ‘मेरो देश…’ बोलको गीत युट्युब च्यानलमार्फत सार्वजनिक  भएको छ ।

शिव परियारसँगै विद्या तिवारीको स्वर रहेको गीतमा शब्द रचना माधव न्यौपाने र दीपक सापकोटाको छ । संगीत अराज केशवले गरेका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको केही दिनमा यो सान्दर्भिक देश भक्ति गीत सार्वजनिक भएको हो ।

गीतले नेपाली वीरता र मौलिक पहिचान र विशेषतालाई समेटेको छ ।

गीतको भिडियोमा सीमा क्षेत्र लिपुलेकसँगै राजनीतिक आन्दोलन, वीरताक दृश्य, नेपालको भौगोलिक विशेषता र दृश्य तथा मौलिक पहिचान, धर्म संस्कृतिका फुटेज देख्न सकिन्छ ।

 

प्रतिक्रिया