२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

विप्लव नेकपाका सैन्य फाँट हेर्ने ठूलै नेता पक्राउ, प्रकाण्डलार्इ सजिलै नछाड्ने संकेत

2520 Shares
Spread the love

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाप्रति पछिल्लो समय कडा रबैया अपनाउँदै आएको प्रहरीले विप्लवको सैन्य फाँट हेर्ने पक्राउ गरेको छ ।

सुरक्षा संवेदनशीलताका कारण पक्राउ परेको व्यक्तिको नाम नखुलाइए पनि पक्राउ परेका व्यक्ति सैन्य फाँटका प्रमुख हुन् कि उनीभन्दा माथि र विप्लवभन्दा तल अरु कोही छ भन्ने अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको हो ।

विप्लव नेतृत्वको नेकपाको सैन्य फाँट हेर्ने ठूलै नेता पक्राउ परेको हाम्रो विश्वास छ,प्रहरी स्रोतले भन्यो,हामी उनीमाथि अनुसन्धान गर्दैछौं ।

विप्लव नेकपाको सैन्य फाँट ठूला नेता पक्राउ परेको पुष्टि मन्त्रिपरिषद् स्रोतले समेत गरेको छ । विप्लव नेकपाले २५ देखि ३० करोड रुपैयाँ चन्दा उठाएको र उक्त रकम सैन्य तालिम र सैन्य संरचना निर्माणमा परिचालन गरेको प्रहरीको दाबी छ ।

प्रहरीले पक्राउमा परेका विप्लव नेकपाका प्रकाण्डसहितका नेताहरूलाई त्यतिकै नछाडिने संकेत समेत दिएको छ । त्यसैले प्रकाण्डलाई अदालतले बारम्बार छाड्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै तुरुन्त पक्राउ गर्दै आएको छ ।

प्रकाण्ड र सैन्यफाँटका ठूला नेता समातिएपछि विप्लवको शक्ति धेरै कमजोर भएको प्रहरी स्रोतले दाबी गरेको छ ।

 

प्रतिक्रिया