905
Shares
नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा भेटिएका २७ बर्षिय संक्रमित स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन् ।
सोमबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनी ललितपुर बस्दै आएका छन तर कुनै पनि अस्पतालमा भने कार्यरत छैनन् ।
यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि चिकित्सकमा भने पहिलो पटक संक्रमण देखिएको हो ।
उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा सोमवारको परिक्षणमा उनीमा संक्रमण देखिएको हो ।