२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

कोरोनाका कारण विश्वभर तीन लाख २० हजारको मृत्यु

1060 Shares
Spread the love

जेनेभा, जेठ ६ । कोरोनाभाइरसका कारण विश्वभर तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् ।

यसअघि, अघिल्लो २४ घन्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए ।

विगत २४ घन्टामा विश्वभर तीन हजार ४४५ जनाको ज्यान गएको छ ।

विश्वभर करिब ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३४ हजार ७९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतार–चढाव यथावत् छ । पछिल्लो २४ घन्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ ।

योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ९१ हजार ९८१ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।

विगत २४ घन्टामा इटालीमा ९९, स्पेनमा ५९ र फ्रान्समा ७५३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको ‘इपिसेन्टर’का रुपमा देखिएको ब्राजिलमा १६ हजार ८५३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा ब्राजिलमा ७३५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया