२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेपालमा कोरोनाबाट फेरि एकजनाको मृत्यु,मृतक संख्या २ पुग्यो

915 Shares
Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया