२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

उदयपुरकी ४३ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखियो

1291 Shares
Spread the love


काठमाडौं । आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिए ।


उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया