२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेपालमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्याे

784 Shares
Spread the love

नेपालगञ्ज– नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल स्राेतका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

थप संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको स्राेतले बतायाे।

यसअघि आजै नेपालगञ्जमा ९ र बारामा एक जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छन्।

बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन्। बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ।

संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ।

वैशाख १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा एक जना ६० वर्षीय पुरुषमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियाे।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खाेजी गरी स्वाब परीक्षण गर्दा नयाँ संक्रमितहरु फेला परेका हुन्।

प्रतिक्रिया