२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

विप्लवका प्रवक्ता प्रकाण्ड तेस्रोपटक पक्राउ

1983 Shares
Spread the love

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।

चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।

प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।

‘पक्राउ गरेर प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, भोजपुर पठाएका छौं,’ डिएसपी थापाले भने, ‘भोजपुरमा उहाँको नाममा ज्यान मार्ने उद्योग र बम बिस्फोट गराएको मुद्दा दर्ता भएको छ ।’

प्रतिक्रिया