२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

रौतहटमा दुई जनामा कोरोना संक्रमण देखियो

729 Shares
Spread the love

काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवानी नगरपालिका १ का दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन नगरपालिका प्रमुख रामस्नेहि यादबले जानकारी दिए ।

भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए। जनकपुरको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका क्वारेन्टाइनमै रहेका पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो। सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो।

प्रतिक्रिया