२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

भारतमा कोरोनाबाट ८२५ जनाको मृत्यु, २६ हजारभन्दा बढी संक्रमित

3018 Shares

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार ५ सय पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ दुई हजार दुई सय नयाँ संक्रमित थपिएका हुन् ।

सबैभन्दा बढी महाराष्ट्रमा अहिलेसम्म तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा एक हजार सात सय ९३ जना संक्रमित हुँदा २७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा दुई सय ४३ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको जनाइएको छ । ५ हजार आठ सय जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया