२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

वीरगञ्जमा र्यापिड टेस्टमा पोजेटिभ देखिएकी २३ वर्षीय युवतीको मृत्यु

1010 Shares

पर्सा, बैशाख १४ । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

ब्लड क्यान्सर रोगबाट पीडित युवतीको तीन पटक आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो । हिजो बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जमै रहेको तराई हस्पिटलमा पुर्याइएको थियो ।

युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो । मृत्युको कारण यकिन गर्न युवतीको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको छ ।

युवतीको मृत्युसँगै वीरगञ्जको अशोकबाटिका टोलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया