२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

१२ जनाले जिते कोरोनालाई, क्वारेन्टाइनमा रहेकाहरुलाई औलो संक्रमण देखियो

710 Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनको संख्या १२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १२ जना कोरोनाबाट निको भएका छन् ।

शुक्रबारसम्म ११ जना कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन्। यस्तै शनिबार (आज) चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवा डिस्चार्ज हुने तयारीमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनले आठ दिनमै कोरोनालाई जितेका हुन्।

मन्त्रालयका अनुसार हालसम्म ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये १२ जना निको भएका छन् भने ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ।

अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।

यद्यपि उनले कुन ठाउँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । उनले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको बताएका छन् ।

प्रतिक्रिया