665
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार निज आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको संस्था ४९ पुगेको छ भने निको भएर १० जना घर फर्किएका छन् ।