२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

आज चक्र बहादुर ठकुरीको पाचौं स्मृति दिवसमा खाद्यान्न सहयोग

3239 Shares
Spread the love

काठमाडौं , संविधानसभाका पूर्वसभासद् स्व. चक्रबहादुर ठकुरीको आज पाँचौं स्मृति दिवस हो । सो अवसरमा
उनका पुत्र नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले दाताहरुको सहयोगमा शुरु गरिएको निशुल्क भोजन गराउने अभियानमा खाद्यान्न सहयोग गरेका छन।

नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रको सभापति समेत रहनुभएका पूर्वसभासद् ठकुरीको रसुवाको धुन्चेबाट राजधानी फर्कने क्रममा वैशाख १२ गतेको भूकम्पका कारण खसेको ढुङ्गा लागी असामयीक निधन भएको थियो । उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ ३ बाट विजयी हुनुभएको थियो । उनकै सम्झनामा खाद्यान्न सहयोग गरेक हुन् ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, विपन्न परिवार , पीडितहरुलाई निरंन्तर भैइरहेको लक डाउनबाट गुजारा चलाउन समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको  बिमल ठकुरीले बताए । सो कार्यमा नेबी संघका डुजाङ शेर्पाले समेत सहयोग गरेका थिए ।

बिहान उनले गोकर्णेश्वर नगरपालिकाका करिब १५ स्थानका लागि ३ /३ बोराको दरले करिब ५० बोरा चामल लगायतको सामग्री आफ्नै उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।  अफ्ट्यारो अवस्थामा गरिएको सत्प्रयासमा हातेमालो गर्दै यो सहयोग गरेको उनले बताए।  उनले बुवा स्व. चक्र बहादुर ठकुरीलाइ स्मरण गर्दै  सबैलाई सहयोग गर्नु पर्छ भन्ने भवना बुवामा रहेको त्यसैलाइ आफुले पछ्याउदै आएको पनि बताए ।

सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका  न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको  प्रसंशा गर्दै यसबाट बास्तविक पिडितहरु लाभान्वित  हुने पनि बताए । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि उनले  बताए।

प्रतिक्रिया