२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

थप २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

1656 Shares

काठमाडौँ — नेपालमा थप दुइ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार  जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । २ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ जना पुगेको बताउनु भयो । पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाहरु निको भएर घर फर्केको उनले जनाएका हुन्।

प्रतिक्रिया