२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

भारतमा कोरोनाबाट ६ सय ४५ जनाको मृत्यु, संक्रमितको संख्या २० हजार नाघ्यो

1468 Shares

काठमाण्डौं । भारतमा कोरोनाको संक्रमणका कारण ६ सय ४५ जनाको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार नाघेको छ ।

गतरातिसम्म २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा मृतकको संख्या ६ सय ४५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तथ्यांकमा भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ । मंगलबार मात्र त्यहाँ १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन् ।

मंगलबार भेटिएका धेरै संक्रमित महाराष्ट्रका हुन् । महाराष्ट्रमा ४ सय १९ जना संक्रमित भेटिएका छन् भने १२ जनाले ज्यान गुमाएका छन् । त्यसपछि राजस्थान र पश्चिम बंगालमा धेरै संक्रमित छन् ।

प्रतिक्रिया