२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

काठमाडौंमा कोरोना परीक्षण गराउने बढे

972 Shares
Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ संक्रमणको परीक्षण गराउनेहरु बढ्न थालेका छन् ।

केही दिनअघि काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो । महानगरपालिकामा गत बुधबारदेखि शुरु भएको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा अहिलेसम्म ८ सय ८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

३२ वडा रहेको काठमाडौं महानगरपालिकामा हालसम्ममा २५ वटा वडाका शंकास्पद व्यक्तिको परीक्षण भएको छ । विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण शुरु भएको छ ।

परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गरे । महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएका ३ सय २१ जनाको विवरण संकलन भएको बताए ।

प्रतिक्रिया